यसकारण भारतले यसपटकको बिश्वकप जित्नै सक्दैन …

इंग्ल्यान्ड र वेल्समा ३० मे देखि संयुक्त
रुपमा आयोजना हुने वान डे विश्वकपमा भारत
प्रमुख दाबेदार राष्ट्र हो । भारतले एक महिना
अघिनै आफ्नो १५ सदस्यीय अन्तिम टोली
घोषणा गरिसकेको छ । भारतले निकै चर्चामा
रहेका युवा खेलाडी ऋषभ पन्त तथा अनुभवी
आम्बाती रायडुलाई टोलीमा मौका दिएन । यी
दुई खेलाडीको स्थानमा सबैलाई आश्चर्यमा
पार्दै विजय शंकर र विकेटकीपर दिनेश
कार्तिकलाई टोलीमा समेटिएको थियो ।
सन् २०१७ को च्याम्पियन्स ट्रफीको फाईनलमा
पाकिस्तानसँग पराजित भएपछि त्यहि बेला
देखि नै भारतले आफ्नो मुख्य लक्ष्य २०१९ को
विश्वकपको उपाधि जित्ने बनाउँदै आएको थियो
। भारतले यसअघि सन् १९८३ र सन् २०११ मा गरि दुई
पटक विश्वकप जितेको छ । सन् १९८३ मा कपिल
देव र २०११ मा महेन्द्रसिंह धोनीले आफ्नो
कप्तानीमा भारतलाई विश्वकप जिताएका थिए

यस पटक प्रमुख दाबेदार मानिएको भारत विराट
कोहलीको कप्तानीमा तेस्रो विश्वकप जित्ने
दाउमा देखिन्छ । विश्वकप जित्न सक्ने उच्च
संभावना पनि छ । तर भारतीय टोलीका यी ४
कमजोरी जसले विश्वकप जित्ने सपना अधुरै
बनाउन सक्छ ।
इंग्ल्यान्डको भुमिमा भारतको खराब
प्रर्दशन
भारतलाई केहि क्रिकेट विश्लेषकहरु घरको मात्र
बाघ भन्ने गर्दछन् । अर्थात भारतले आफ्नो घरेलु
मैदानमा गर्ने उत्कृष्ट प्रर्दशन विदेशी भुमिमा गर्न
सक्दैन । पछिल्लो दुई वर्षमा इंग्ल्यान्डको
भुमिमा भारतको प्रर्दशन राम्रो छैन । सन् २०१७
च्याम्पियन्स ट्रफिको फाईनलमा भारत
पाकिस्तानसँग १ सय ८० रनको फराकिलो
अन्तरले पराजित भएको थियो । समुह चरणमा
श्रीलंकासँग ७ विकेटले स्तब्ध भएको थियो ।
सन् २०१८ मा भारत र इंग्ल्यान्डबीच ३ ओडीआई
सिरिजमा भारत २–१ ले पराजित भएको थियो
। पाँच टेष्टको सिरिज पनि भारतले ४–१ ले
गुमाएको थियो । इतिहास हेर्दा भारतले
इंग्ल्यान्ड, अष्ट्रेलिया र दक्षिण अफ्रिकाको
भुमिमा प्राय कमजोर प्रर्दशन गर्ने गर्दछ । यसपटक
पनि भारतको त्यहि समस्या दोहोरिएको
खण्डमा विश्वकप जित्ने सपना अधुरो बन्न सक्छ ।
अनिश्चत र अस्थिर चौथो नम्बर
भारतले पछिल्लो तीन वर्षमा अत्याधिक
परिवर्तन गरेको ब्याटिङ अडर चौथो नम्बरनै हो ।
सुरेश रैना, मनिष पान्डे, युवराज सिंह, अम्बाती
रायडू, श्रेयस ऐर हुँदै अहिले विजय शंकरलाई मैदान
उतार्ने तरखरमा छ । तर पनि अझै उक्त स्थान
अनिश्चित छ । केहि क्रिकेट विश्लेषकले चार
नम्बरमा शंकर नभएर के एल राहुल र महेन्द्र सिंह
धोनी मध्य एकलाई मैदान उतानु पर्ने बताउदै
आएका छन् । भारतले अष्ट्रेलियासँग सिरिजमा
धोनीलाई पनि चार नम्बर ब्याटिङमा पनि
प्रयोग गर्यो ।
भारतको अधिकांश जित शीर्षक्रममा रोहित
शर्मा, शिखर धवन र विराट कोहलीको
प्रर्दशनमा निर्भर छ । पछिल्लो एक वर्षको
प्रर्दशन हेर्दा भारतको मिडिल अडर र तल्लोक्रम
कमजोर मानिन्छ । भारतले पछिल्लो एक वर्ष
चौथो नम्बरमा आम्बाती रायडुलाई प्रयोग
गरिएपनि विश्वकपमा सबैलाई आश्चर्यमा पार्दै
टोलीमा मौका दिएन । शंकरले चौथो नम्बरमा
भारतीय टोलीबाट मात्र ५ खेलमा ब्याटिङ
गरेका छन् । उनीसँग राम्रो अनुभव पनि छैन ।
जारी आईपीएलको प्रर्दशन हेर्दा शंकरको प्रर्दशन
आफैंमा चिन्ताको विषय बनि रहेको छ ।
विकल्पका ओपनर के एल राहुललाई चौथो नम्बरमा
खेलाउदा भारतको बलिङ कमजोर बन्न पुग्छ ।
स्वंयम कप्तान विराट कोहली पनि चौथो
नम्बरमा कसलाई मैदान उतार्ने भन्नेमा अन्यौलमा
छन् । विश्वकप सुरु हुन दुई साता बाँकी रहेको
अवस्थामा भारतले आफैं चौथो नम्बरमा कसलाई
मैदान उतार्ने टुङ्गो लगाउन सकेको छैन । विजय
शंकरको प्रर्दशन खराब रहे विकल्प कुन भन्ने प्रश्न
पनि खडा हुने गर्दछ । यो अवस्थामा चौथो नम्बर
ब्याटिङ अडर पनि भारतका लागि घातक बन्न
सक्छ ।
कुलदीप र शंकरको खराब लय
प्रमुख स्पिनर कुलदीप यादव पछिल्लो समय खराव
लयबाट गुज्रिरहेका छन् । केहि दिन अघि सम्पन्न
आईपीएलमा कुलदिपले कोलकता
नाईटराईडर्सबाट ९ खेललमा ८.६६ को
ईकोनमीमा रन खर्चिंदा जम्मा ४ विकेट लिए ।
यो प्रर्दशनले उनको लय राम्रो देखिदैन ।
बेंगलोरविरुद्ध ४ ओभरमा ५९ रन खर्चिएर १ विकेट
लिदै खराव प्रर्दशन गरेपछि कोलकताले
कुलदीपलाई पुन: मौका दिएन ।
कुलदीपको खराब लय भारतको लागि अहिलेको
ठूलो चिन्ताको विषय हो । कुलदीपको खराब
लयको प्रभाव अन्य बलरलाई पनि पर्न सक्छ । एक
तर्फबाट एक बलरले खराब प्रर्दशन गरि रहँदा
अर्को तर्फबाट राम्रो गरिरहेको बलरलाई दवाव
पर्छ । विश्वकपसम्म कुलदीपको खराब लयमा
सुधार नआए भारतको लागि घातक हुन सक्छ ।
त्यस्तै विजय शंकरको प्रर्दशन पनि आईपीएलमा
अपेक्षा गरेअनुसार हुन सकेन । चौथो नम्बरको
ब्याट्सम्यानको रुपमा हेरिएको शंकरको प्रर्दशन
जुन आसा गरिएको हो त्यो भन्दा खराव रह्यो ।
उनले आईपीएलमा हैदरावादबाट १५ खेलमा २०.३३
को औसतमा २ सय ४४ रन जोडे ।
जसमा सर्वाधिक सरकोर ४० रन मात्र रह्यो ।
शीर्ष क्रममा ब्याट्सम्यानको रन औसत २०.३३ हुनु
भारतको लागि ठूलो चिन्ताको विषय हो ।
आईपीएलमा शंकरले १ विकेट मात्र लिए । जुन
भारतको लागि थप चिन्ताको विषय हो । शंकर
भारतीय टोलीको मिडिल अडरका प्रमुख
खेलाडी तथा अलराउण्डरको रुपमा छनोट भएका
हुन् ।
रोहित शर्मा, शिखर धवन र विराट कोहलीले
शीर्षक्रम सम्हाल्ने छन् । विजय शंकरको कमजोर
प्रर्दशनले मिडिल अडर कमजोर बन्नुका साथै तथा
तल्लोक्रमका महेन्द्र सिंह धोनी र हार्दिक
पान्ड्या समेत दवावमा पर्न सक्छन् । त्यसैले यी दुई
खेलाडीको खराव लयले भारतको विश्वकप जित्ने
सपना अधुरै बनाउन सक्छ ।
सिमित तीव्र गतिका बलर
इंग्ल्यान्डको भुमिमा विश्वकपमा कम्तिमा
भारतले चार तीव्र गतिका बलरलाई टोलीमा
समेट्ने अनुमान गरिएको थियो । सबै टोलीले चार
तीव्र गतिका बलर टोलीमा समेटेका पनि छन् ।
तर भारतले तीन तीव्र गतिका बलर मात्र
टोलीमा राखेको छ । इंग्ल्यान्डको पीचमा
तीव्र गतिको बलरलाई धेरै साथ मिल्छ । तर सबै
खेलाडीको प्रर्दशन राम्रो हुन्छ भन्ने हुँदैन ।
कुनै खेलाडीको लय खराव पनि हुन सक्छ । यो
अवस्थामा भने भारत ठूलो समस्यामा फस्ने
सम्भावना बलियो छ । भारतसँग चौथो
विकल्पको रुपमा कुनै पनि तीव्र गतिका बलर
छैनन् । विश्वकप अघि चौथो विकल्पको रुपमा
मोहम्मद सिराज, नवदीप सैनी, उमेश यादव,
खलिल अहमिद मध्य एकले मौका पाउने धेरैले
अनुमान गरेका थिए ।
तीव्र गतिका बलरको रुपमा भारतयि टोलीमा
जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद सामी
रहेका छन् । एक खेलाडीको खराब प्रर्दशनले
अर्को बलरलाई पनि असर पुग्ने गर्दछ । खराव
प्रर्दशन गरेको खेलाडीलाई बेन्चमा राखेर अर्को
खेलाडी मैदान उतार्ने विकल्प भारतसँग नहुने हुँदा
सिमित तीव्र गतिका बलर खेलाउने निर्णय
उसको लागि विश्वकपमा घातक बन्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!