साम्राज्ञीको येस्तो चाल, यो पढेपछि छ्क्क पर्नेहुनेछ​, दयाहाङ राई बने तगारो . .

काठमाडौँ – साम्राज्ञीराज्यलक्ष्मी शाहलाई एउटा सोलो हिटको खाँचो छ । उनको पारिश्रमिक जति बढे पनि उनका फिल्मले निर्माताको गोजी गह्रुँगो पार्न सकेका छैनन् । उनको अभिनय क्षमतामा निरन्तर ह्रास आइरहेको कुरा त छँदै छ । पहिलो फिल्म छाडेर उनले ‘राम्रो काम गरेको’ अभिव्यक्ति सुन्न पाएकी छैनन् ।

यस्तोमा ‘मारुनी’लाई उनले आलोचकलाई जवाफ ठानेकी थिइन् । अभिनयको पनि प्रशंसा हुने र निर्माताको खल्ती भरिदिने उनको योजना थियो । तर, उनको यो योजनामा दयाहाङ राई तगारो बनेका छन् । ‘मारुनी’ रिलिज हुने दिनमै दयाको पनि ‘कबड्डी ३’ रिलिज हुने भएको छ । निर्माण टिमले आइतबार टिजर सार्वजनिक गरेको छ ।

‘मारुनी’ले सुटिङमा नजाँदै भदौ १३ लाई प्रदर्शन मिति घोषणा गरेको थियो । बीचमा अरू कुनै फिल्म नआएपछि ढुक्क थियो, सोलो रिलिज पाइन्छ । तर, ‘कबड्डी’ सिरिज आएपछि ‘मारुनी’लाई त्यो मिति भाग्नु कि बस्नु भएको छ । भागौँ जाने ठाउँ छैन, बसौँ ‘कबड्डी’ले खर्लप्पै खाने डर ! हाललाई साम्राज्ञीको सोलो हिट दिने रहर फेरि टरेजस्तो छ (अन्नपुर्ण पोस्ट बाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!