सचिनको रेकर्ड तोड्दै रोहित शर्मा ! बनाए यस्तो रेकर्ड !

आईसीसी विश्वकप क्रिकेटमा रोहित शर्माले ६ सय रन पुरा गरेका छन् । योसँगै उनी जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको पनि शीर्ष स्थानमा उक्लिएका छन् ।यसअघि बंगलादेशका शकिब अल हसन ६०४ रन बनाउँदै शीर्ष स्थानमा उक्लिएका थिए ।

श्रीलंकाविरुद्ध ५६ रन बनाएपछि ६ सय रन पूरा
गरेका रोहित विश्वकपमा यो रेकर्ड बनाउने दोस्रो भारतीय खेलाडी पनि बने । यस्तै ६१ रन जोडेपछि उनी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा पनि उक्लिए । जारी विश्वकपमा अहिलेसम्म चार वटा शतक प्रहार गरिसकेका रोहितले आज पनि शतक बनाउन सके एउटै विश्वकपमा सर्वाधिक शतक बनाउने कुमार सांगाकाराको रेकर्ड पनि तोड्ने छन् ।

२०१५ को विश्वकपमा सांगकाराले यो रेकर्ड बनाएका थिए । जुन रेकर्ड रोहितले बराबरी गरिसकेका छन् । यस्तै ६ सय रन पूरा गर्ने रोहित दोस्रो भारतीय खेलाडी बनेका छन् । एउटै विश्वकपमा ६ सय बढी रन प्रहार गर्ने पहिलो भारतीय खेलाडी सचिन तेन्दुलकर हुन् । उनले २००३ मा बनाएका ६७३ रनको रेकर्ड पनि अहिलेसम्म तोडिएको छैन् ।

एउटै विश्वकपमा सर्वाधिक रन ६७३ हो । यो रेकर्ड तोड्नका लागि रोहितलाई श्रीलंकाविरुद्धको खेलमा १३० रन बनाउनु पर्ने छ । भारतीय टिम सेमिफाइनलमा पुगिसकेको र रोहितको प्रर्दशन राम्रो रहेकाले सचिनको रेकर्ड तोडिने भारतीय सञ्चारमाध्यमहरुले अनुमान गरेका छ लंकाविरुद्ध भारतका रोहित र केएल राहुलले पहिलो विकेटका लागि एक सय रनको साझेदारी पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!